
नेकपा(माओवादी)का नेता गिरिराजमणि पोखरेलले रातु खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गरेका छन् ।
पूर्वमन्त्री पोखरेलले आज प्रेस वक्तव्य जारी गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ (साविक किसाननगर र पशुपतिनगर गाविस)र भंगाहा–४ रामनगरस्थित रातु खोलामा क्रसर उद्योग व्यवसायी र ठेकेदारको मिलेमतोमा सरकारको ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ उल्लंघन गरी केही दिनदेखि अनियमित ढङ्गबाट नदीको उत्खनन भइरहेकामा ध्यानाकर्षण पनि गरेका छन् ।