२८ जेठ २०८३, बिहीबार

यूएईले नेपाललाई १२ टन स्वास्थ्य सामग्री पठायो

यूएईले नेपाललाई १२ टन स्वास्थ्य सामग्री पठायो

यूएईले नेपाल सरकारलाई करिव १२ टन स्वास्थ्य सामग्री पठाएको छ। कोभिड-१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि विशेष विमानमार्फत १२ टन स्वास्थ्य उपकरण सहितको सामग्री आज नेपाल पठाएको हो।

यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालका अनुसार १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन  स्वास्थ्य सामग्री तथा उपकरणहरू नेपाल पठाएको बताएका छन्। नेपाली दूतावासको विशेष पहलमा यूएई सरकारले उक्त स्वास्थ्य सामग्री नेपाल पठाएको हो।

गत वर्ष अप्रिलमा पनि यूएई सरकारले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। नेपाली दूतावास यूएईले नेपालीहरूलाई समस्या परेका बेला  सहयोग गरेकोमा यूएई सरकारलाई विशेष धन्यवाद व्यक्त गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्