
काठमाडौं, २० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई नयाँ राजनीतिक संस्कृति तर्फ लान आफूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नयाँ प्रधानमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता पछि संसद् भवन नयाँ बानेश्वरमा प्रचण्डले राजीनामा गरेर आफूले सहज सत्ता हस्तान्तरणको नयाँ राजनीतिक संस्कृतिको प्रारम्भ गरेको दाबी गरे । उनले देशमा चुनौतीको चाङ भएको भन्दै सवै दल मिलेर समस्या समाधान तर्फ अघि बढ्नुपर्ने बताए ।
त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डले सहमतिको राजनीतिलाई निभाएको भन्दै धन्यवाद दिए । प्रचण्ड नै देउवाको प्रस्तावक बसेको भन्द्यै बहुमतीय सरकार गठनका लागि कुनै समस्या नभएको उनको भनाइ थियो ।
उपप्रधान एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले अब बन्ने सरकारले मधेस कन्द्रीत दललाई चुनावमा सहभागी गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले संविधान कार्यान्वयनका लागि सहज वातावरण बनाउनका देउवा नेतृत्वको सरकारलाई पनि समर्थन जनाउने स्पष्ट पारे ।
आइतबार संसदमा नयाँ प्रधामन्त्रीको निर्वाचन हुँदै छ । नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतावमा उम्मेदवारी दर्ता गरेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार छनोटका लागि वैठक बसिरहेको छ । उम्मेदवारी दर्ताको समय आज अपराह्न ४ बजेसम्मका लागि निर्धारण गरिएको छ ।
प्रधानमन्त्री दाहालको राजीनामा पछि आगामी प्रधानमन्त्रीका लागि अहिले सम्म नेपाली कांग्रेसका सभापति देउवाको मात्रै उम्मेदवारी मनोनय दर्ता भएको छ । प्रधानमन्त्री पदका लागि आईतबार हुने मतदानका लागि संसद सचिवालयले सनिबार अपरान्ह ४ बजे सम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ ।