
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण ७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार मृतकको कुल संख्या ७ हजार ६ सय ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआरतर्फ ५ हजार ८ सय २५ र एन्टीजेनतर्फ १००० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
परीक्षण भने कुल २१ हजार ७ सय ७३ नमूनाको गरिएको थियो ।
५ हजार ९ सय ४ जना निको भएको मन्त्रालयले जनाएको छ ।