१९ असार २०८३, शुक्रबार

कोरोनाले मृत्यु भएका व्यक्तिका परिवारलाई २५ हजार किरिया खर्च दिइने

जेठ २०, २०७८
कोरोनाले मृत्यु भएका व्यक्तिका परिवारलाई २५ हजार किरिया खर्च दिइने
प्रतिकात्मक तस्वीर

नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चबापत २५ हजार र संक्रमितलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँ कार्यपालिकाको बुधवारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्चबापत २५ हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

ककनी गाउँपालिकामा पछिल्लो १ साताको अवधिमा कोरोना रोगबाट ३ जनाको निधन भएको र संक्रमितको दर अनपेक्षित रूपमा बढेसँगै रोकथामका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताइन् ।

गाउँपालिकाले ३१ शय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेर चौबिसै घण्टा चिकित्सक सहितको जनशक्ति र अक्सिजन सहितको स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाएको छ ।

काठमाडौं उपत्यकाको फोहोर बिसर्जन प्रभावित क्षेत्रका वासिन्दाको काठमाडौं महानगरपालिकामार्फत परीक्षण गराएका कारण ककनीभित्रै बसोबास गर्ने ३०० भन्दा बढीलाई संक्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल पालिकामा सक्रिय संक्रमितको संख्या ७३ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्