२१ जेठ २०८३, बिहीबार

एमालेले भन्यो, ‘भरतपुरमा पुनः मतदान मान्य हुँदैन’

कात्तिक २०, २०७४
एमालेले भन्यो, ‘भरतपुरमा पुनः मतदान मान्य हुँदैन’

काठमाडौं २० जेठ– चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्यायप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सचिव गोकर्ण विष्टले आयोगको निर्णयले मुलुकलाई संकटमा धकेलेको प्रतिक्रिया दिए ।

‘निर्वाचन आयोगले संविधान, कानूनको बर्खिलाप हुनेगरी, राजनीतिक दवावमा लाचार छाँया बनेर जुन निर्णय गर्र्यो, त्यो एमालेले कदापी स्वीकार गर्दैन’ सचिव विष्टले लोकान्तरसँग भने, ‘यो निर्णयले स्तव्ध भएका छौ । यसले देशलाई गम्भीर संकटतिर धकेल्छ ।’

सचिव विष्टले एमालेले संसद अबरोध कायम राख्ने समेत स्पष्ट गरे ।

मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले शनिवार भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्