२९ असार २०८३, सोमबार
जसपाको सत्ता यात्रा

जसपा आजै सरकारमा जाने सम्भावना, कार्यकारिणीमा बहुमत जुटाएर निर्वाचन आयोग पनि जाने महन्थको तयारी

जेठ २१, २०७८
जसपा आजै सरकारमा जाने सम्भावना, कार्यकारिणीमा बहुमत जुटाएर निर्वाचन आयोग पनि जाने महन्थको तयारी

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष आज सरकारमा सहभागी हुने सम्भावना प्रबल बनेको छ।

जसपाका एक नेताले दिएको जानकारीअनुसार ठाकुर पक्षका केही  नेतालाई आज मन्त्री पदको शपथ गराउने तयारी गरिएको छ ।

आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित १० जनालाई मन्त्रिमण्डलमा सहभागी गराउने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच यसअघि नै सहमति भइसकेको छ ।

उक्त सहमति अनुसार आज पहिलो लटमा केही नेताहरूले मन्त्री पदको शपथ लिने सम्भावना बढेको उनको कथन छ ।

हिजो चार घण्टा जति प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।

त्यसपछि जसपाका नेताहरूले आन्तरिक छलफल गरेपछि जसपा अध्यक्ष ठाकुर फेरि बालुवाटार पुगेका थिए।

अबेर रातिसम्म ठाकुर र ओलीबीच सत्ता सहकार्यबारे छलफल भएको थियो।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्षले २६ सदस्यसहित बहुमत जुटाएको दाबी निर्वाचन आयोग समक्ष पेश गर्ने तयारी पनि गरेको छ ।

तर, राजनीतिक परिस्थिति पलपलमा परिवर्तित भइरहेको हुनाले शपथ आजको शपथ रोकियो भनेपनि तत्कालै हुने उनको कथन छ ।

salt training

कमेन्ट गर्नुहोस्