०६ साउन २०८३, बुधबार

इजरायलमा विपक्षी दलहरूलाई सरकार बनाउन नदिन नेतान्याहुको दौडधूप

जेठ २१, २०७८
इजरायलमा विपक्षी दलहरूलाई सरकार बनाउन नदिन नेतान्याहुको दौडधूप

इजरायलमा आठ पार्टीहरूको विपक्षी गठबन्धनले सरकार बनाउने घोषणा गर्दै आफूहरूसँग बहुमतका लागि आवश्यक ६१ सांसदको समर्थन रहेको बताएको छ । 

तर बहालवाला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हार मान्न अस्वीकार गरेका छन् । उनले कट्टर राष्ट्रवादी दाउ खेल्दै देशलाई वामपन्थी रुझान राख्ने पार्टीबाट बचाउन अपील गरेका छन् । 

राजनीतिक विश्लेषकहरूका अनुसार, विगत १२ वर्षदेखि इजरायलको सत्तामा रहेका नेतान्याहुको राजनीतिक पतनको यो आरम्भ हो । तर अन्य विश्लेषकले विपक्षी गठबन्धनमा विचारधाराको टक्कर हुने देखेका छन् । गठबन्धनको भविष्यकै विषयमा पनि प्रश्न उठेको छ । 
 

नेतान्याहुले विपक्षीलाई तारो बनाउँदै खतरनाक वामपन्थी सरकार बन्न लागेको बताए । यसलाई देशका सबै दक्षिणपन्थी नेताहरूले विरोध गर्नुपर्ने उनको भनाइ छ । 
 

नेतान्याहुले प्रधानमन्त्रीको शपथ लिन ठिक्क परेका नफ्ताली बेनेट र गठबन्धनका अगुवा याइर लापिडले आआफ्नो दललाई वामपन्थी र इस्लामिक रुझान राख्ने युनाइटेड अरब लिस्ट पार्टीलाई बेचेको आरोप लगाए । 
 

नेतान्याहुलाई सरकार बचाउनका लागि ११ दिनको समय छ । उनले केही सांसदहरूलाई दल परिवर्तन गर्न फकाउनुपर्नेछ । 

कुरा नमिलेमा देश पुनः आमनिर्वाचनमा जान सक्छ । दुई वर्षमा चारपटक आमनिर्वाचन भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्