
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले शिक्षक तथा विद्यालयका कर्मचारीहरूलाई कोरोना खोप नदिएर सरकारले गैरजिम्मेवार व्यवहार देखाएको टिप्पणी गरेका छन् ।
ट्वीटरमार्फत उनले शिक्षकहरूका लागि तत्काल खोपको व्यवस्था गर्न समेत माग गरेका छन् ।
उनले भनेका छन्, 'दैनिक हजारौं विद्यार्थीहरूका बिचमा क्रियाशिल हुनुपर्ने शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई अहिलेसम्म पनि खोप नदिएर सरकारले देखाएको गैरजिम्मेवार ब्यबहारप्रति दु:ख व्यक्त गर्दै अग्रमोर्चामा काम गर्नुहुने शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गर्दछु।'
दैनिक हजारौं विद्यार्थीहरुका बिचमा कृयाशिल हुनुपर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई अहिलेसम्म पनि खोप नदिएर सरकारले देखाएको गैरजिम्मेवार ब्यवहारप्रती दु:ख व्यक्त गर्दै अग्रमोर्चामा काम गर्नुहुने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गर्दछु।
— Dr Shekhar Koirala (@Shekharnc) June 5, 2021