×

NMB BANK
NIC ASIA

युवा अभियान

कोरोना महामारीमा स्थानीय सरकारलाई सघाउँदै ‘सँगसँगै’

जेठ २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गत वैशाख मध्यतिर देशभर कोरोना भाइरस संक्रमणको महामारी उत्कर्षमा पुग्यो । गम्भीर लक्षण सहितका बिरामी ह्वात्तै बढेसँगै अक्सिजन, आईसीयू शय्या, भेन्टिलेटरको अभावले संकट निम्त्यायो ।

Muktinath Bank

स्वास्थ्य सुविधा भएका शहरी क्षेत्रका बिरामीले धेरथोर भएपनि सुविधा पाए तर ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित र बिरामीले स्वास्थ्य सेवा पाउन सकेनन् । कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा पर्ने १ नम्बर निर्वाचन क्षेत्रमा समेत कोरोना महामारीले समस्या निम्तियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पताल, स्वास्थ्य सेवा, सामाजिक संघसंस्था, सरकारी सक्रियता कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा केन्द्रीत भइरहेका बेला दक्षिणी क्षेत्रको बेलौरीमा ‘सँगसँगै’ अभियान जन्मियो ।


Advertisment
Nabil box
Kumari

‘कोरोना उत्कर्षमा पुगेका बेला अस्पतालमा अक्सिजन अभाव, स्वास्थ्य सामग्री अभाव भन्ने कुरा मिडिया र सोसल मिडियामा देखिए । संघ, प्रदेश, स्थानीय सरकारले केही गरेन भन्ने गुनासो सुनियो । कञ्चनपुरका विभिन्न संघसंस्था, बुद्धिजीवी, अभियानकर्ता जिल्ला सदरमुकाममा मात्रै केन्द्रित भए,’ सँगसँगै अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले भनिन्, ‘गाउँघरका स्थानीय युवा, संघसंस्थाले पनि खासै काम गरेको देखिएन, पालिकाले गरेको काम पर्याप्त भएन, त्यसपछि हामी युवाले मिलेर केही गर्नुपर्छ भनेर सँगसँगै अभियान थाल्यौं ।’

Vianet communication
Laxmi Bank

संयोजक श्रेष्ठ काठमाडौंमा रेडियो कार्यक्रम उत्पादन गर्ने काम गर्छिन् । तर कोरोना बढेपछि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेका कारण उनी कञ्चनपुरको बेलौरीस्थित घरमै छिन् । घरबाटै रेडियो कार्यक्रम उत्पादनको काम गरिरहेकी श्रेष्ठले काम सँगसँगै सामाजिक कार्य गर्ने र कोरोना संक्रमितलाई सघाउने सोच बनाइन् । ‘काठमाडौंबाट आएको समयमा घरबाट काम गर्दागर्दै केही सामाजिक काम पनि गरौं भन्ने सोचें,’ उनले भनिन् ।

सामाजिक कार्य गर्ने सोचेपछि उनले घरमा सासुआमासँग कुरा राखिन्, लक्ष्मीलाई घरबाट समर्थन मिल्यो । उनले आफन्त, साथीभाइसँग पनि आफ्नो सोचबारे छलफल गरिन् ।

संयोजक श्रेष्ठको सोचमा सघाउन बेलौरीका मीरा श्रेष्ठ, अनुपमा महतरा, पुनर्वासका हिमेश थापा, रुपेश विक र बेलडाँडीका भुपेन्द्र रावत सँगसँगै अभियानका सक्रिय सदस्य बने ।

‘स्थानीय नागरिक, संघसंस्था, स्थानीय तहसँग सँगसँगै मिलेर जानुपर्छ भन्ने सन्देश दिने खालले काम गर्नुपर्छ भनेर कोभिडको बेला मिलेर जान सँगसँगै नाम सोचें,’ संयोजक श्रेष्ठले भनिन् ।

सँगसँगैले कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत पर्ने पालिकाहरू बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई लक्षित गरेर काम थाल्यो । सँगसँगै अभियानका सदस्यले चिनेजानेका व्यक्तिबाट सहयोग संकलन गरेर कोष जुटाउँदै अक्सिजनको बन्दोबस्त मिलाए ।

‘अभियान सञ्चालन गरेर सहयोग संकलन गर्न थालेपछि अक्सिजन चाहियो भनेर हामीलाई फोन आउन थाले । हामीले स्थानीय प्रशासन, पालिका र अक्सिजन सप्लायर्ससँग समन्वय गरेर अक्सिजनको आपूर्ति र सहयोग गर्‍यौं,’ संयोजक श्रेष्ठले भनिन् । विभिन्न व्यक्तिबाट अभियानलाई ६–७ लाख रुपैयाँ सहयोग प्राप्त भएको संयोजक श्रेष्ठले बताइन् ।

‘युवाहरूसँग मिलेर काम गर्‍यो भने उपलब्धि हुन्छ भन्ने देखिएको छ । हामीले अहिले विभिन्न संघसंस्था, समूह र स्थानीय सरकारसँग समन्वय गरिरहेकाले काम गर्न सजिलो भएको छ,’ उनले भनिन्, ‘जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वेच्छिक सहयोग संकलनमा समेत रोक लगाएकाले नगद संकलन भने बन्द गरिएको छ ।’

सँगसँगैलाई प्राप्त आर्थिक सहयोगबाट बेलौरी र पुनर्वास नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको संयोजक श्रेष्ठले बताइन् । उनका अनुसार सँगसँगैले पालिकाहरूलाई एन्टिजेन किट, भीटीएम, मास्क, ग्लोभ्स, थर्मामिटर, पल्सअक्सिमिटर, केएन ९५ मास्क, स्यानिटाइजर, पीपीई सेट, ईसीजी (मुटुको धड्कन जाँच गर्ने) मशिन, थर्मल गन लगायत स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सँगसँगै अभियानले कोभिड संक्रमित व्यक्तिलाई एम्बुलेन्स, अक्सिजन, आईसीयू शय्या उपलब्ध गराउन सहयोग र सहजीकरण समेत गरेको उनले बताइन् । अहिले सँगसँगै अभियानले गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सँग सहकार्य गरेर काम गरिरहेको छ ।

‘बेलौरी, पुनर्वास र लालझाडीमा हेल्प डेस्क स्थापना गरिएको छ । हेल्प डेस्कबाट स्वास्थ्य सामग्री वितरण गर्ने, संक्रमितहरूले फोनमार्फत टिपाएका समस्या र गुनासाहरू पालिका र स्वास्थ्यकर्मीसँग समन्वय गरेर समाधान गर्ने गरिएको छ,’ संयोजक श्रेष्ठले भनिन् ।

पुनर्वास नगरपालिकाको सहकार्यमा अस्थायी कोभिड अस्पतालमा रहेका बिरामीलाई अभियानले पोषणयुक्त खाना खुवाइरहेको छ । बेलौरी र लालझाडीमा होम आइसोलेसनमा बसेका व्यक्तिलाई घरमै पुगेर सहयोग गर्ने गरिएको उनले बताइन् ।

एनएनएसडब्लूएको सहयोगमा बेलौरी र लालझाडीका संक्रमितका घरघरमै गएर ‘स्वास्थ्य तथा पोषणयुक्त सामग्री’ वितरण गर्ने गरिएको छ । ‘संक्रमितको विवरण पालिकासँग लिने गरिएको छ । नगरपालिकाका स्वास्थ्यकर्मीसहित घरघरमै गएर स्वास्थ्य तथा पोषण सामग्री दिने गरिएको छ,’ उनले भनिन् ।
 
वितरण गरिने सामग्रीमा सँगसँगै अभियानबाट अण्डा, च्यवनप्रास, पल्सअक्सिमिटर आवश्यकता अनुसार, सुप, मास्क, थर्मामिटर, स्यानिटाइजर, ग्लोभ्स दिने गरिएको छ भने एनएनएसडब्ल्यूएको तर्फबाट काजु, बदाम, चिनी, चियापत्ति, च्यवनप्रास, मास्क, स्यानिटाइजर, झुल, टिस्यू पेपर, साबुन, मञ्जन, ब्रस दिने गरिएको छ । अब पुनर्वासमा समेत घरघरमा सामग्री वितरण गर्ने अभियान छिट्टै शुरू गरिने संयोजक श्रेष्ठले बताइन् ।

अभियानले चिकित्सकसँग सहकार्य गरेर फोनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा समेत दिइरहेको छ । डा. सुरेन्द्र ऐर नेतृत्वको टीमसँग सहकार्य गरेर स्वास्थ्य परामर्श सेवा प्रदान भइरहेको छ । निःशुल्क परामर्श सेवामा १९ डाक्टर आवद्ध छन्, स्वास्थ्य समस्या भएका व्यक्तिले सिधै टेलिफोन गरेर परामर्श लिन सक्छन् । सँगसँगै अभियानमा डाक्टरहरूको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

अभियानले कोरोना सम्बन्धी जानकारीमूलक सन्देश भएको पम्पलेट बनाउने, सरकारले आह्वान गरेअनुसार कोरोना विरुद्धको खोपको फाराम नभरेका र भर्न नजान्नेहरूको फाराम भरिदिने काम गरिरहेको छ । जनचेतनामूलक सन्देशहरू बनाउने तथा रेडियो र सामाजिक सञ्जालबाट प्रसारण गर्ने काम समेत अभियानले गरिरहेको संयोजक श्रेष्ठले बताइन् ।

सन्देश प्रसारणका लागि अभियानले कञ्चनपुरको रेडियो सुदूर सञ्चार, कैलालीको रेडियो दिनेश एफएम, रेडियो कैलाली, डडेल्धुराको रेडियो अमरगढी, डोटीको रेडियो त्रिवेणी, अछामको रेडियो जनआवाज र बैतडीको रेडियो निङ्गलाशैनीसँग सहकार्य गरेको छ । अभियानले जनचेतना फैलाउने सन्देश प्रसारण र मेडिकल काउन्सिलिङको काम सुदूरपश्चिम प्रदेशभर गरिरहेको छ ।

कोरोना महामारीसँगै अकस्मात जुटेको अभियान अब बन्द नहुने संयोजक श्रेष्ठले बताइन् । ‘कोरोना सकिनेबित्तिकै संस्था दर्ता गरेर निरन्तर सँगसँगै अगाडि बढ्छ । मैले काठमाडौं जानुपर्ने भएपनि युवालाई हस्तान्तरण गरिनेछ । सामाजिक सेवाका काम भइरहने छन्,’ संयोजक श्रेष्ठले भनिन् ।

हाल अभियानमा ३ जना महिला र ३ जना पुरुष छन् । युवा महिला पनि घरपरिवारको काम सँगसँगै सामाजिक सेवामा सक्रिय हुनसक्छन् भन्ने उदाहरण हो सँगसँगै अभियान । ‘घरपरिवारबाट साथ पाइयो भने महिलाले पनि गर्न सक्छन्, हामीले काम गरेर देखाएका छौं,’ संयोजक श्रेष्ठले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x