२१ असार २०८३, आइतबार

स्टार्टअप व्यवसायको विकास र विस्तारका लागि कार्यदल गठन

जेठ २३, २०७८
स्टार्टअप व्यवसायको विकास र विस्तारका लागि  कार्यदल गठन

सरकारले नवप्रवर्तनमा आधारित (स्टार्टअप) व्यवसायको विकास र विस्तारका लागि एक कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको र त्यसले स्टार्टअपसँग सम्बन्धित सम्पूर्ण विषयमा आवश्यक सुझाव दिनेछ ।

 सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्टार्टअपका लागि रु एक अर्ब बराबरको बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयमा आज भएको सरोकार पक्षहरूको छलफलका आधारमा कार्यदल गठन गरिएको हो ।
 
कार्यदलमा राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधिसमेत रहेका छन् । कार्यदलले आगामी आर्थिक वर्ष शुरु हुने बित्तिकै बजेटमा उल्लेख भएका कार्यक्रम कार्यान्वयन गर्नेगरी आवश्यक तयारी थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्