जेठ ७, २०७९
हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...
काठमाडाैं | जेठ २४, २०७८
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा कुनै पनि तत्वले प्रभाव नपर्ने बताएका छन् । उनले चालु आर्थिक वर्षको असार १५ गतेसम्म कार्यविधि निर्माण गरी साउन १ गतेबाट सरकार बजेटको कार्यान्वयनमा लाग्ने जानकारी दिएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन र चुनौती विषयक भर्चुअल अन्तरक्रियामा उनले कार्यविधि निर्माण समयमै गरेर बजेट कार्यान्वयनलाई समयमै पूर्णता दिने प्रतिवद्धता गरेका हुन् ।
आगामी वर्ष प्रतिनिधि सभा र स्थानिय तहको चुनाव गर्नु पर्नेछ सरकारको दायित्व भएपनि यस्तो अवस्थामा बजेट कार्यान्वयनमा कुनै प्रभाव नपर्ने उपप्रधानमन्त्री पौडेलले बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘चुनाव लोकतन्त्रको प्राण हो, सरकार गठनको आदेश जनताले निर्वाचनको माध्यमबाट दिन्छन्, त्यस अर्थमै हामीले निर्वाचनको महत्वलाई ग्रहण गर्नु पर्ने हुन्छ तर निर्वाचन हुँदैछ भनेर बजेट निर्माण तथा कार्यान्वयन नगर्ने भन्ने कुरा हुन सक्दैन । निर्वाचन आउँछ, सम्पन्न हुन्छ, निर्वाचनबाट जनादेशमय सरकार बन्छ त्यो संवैधानिक प्रबन्ध हो, त्यो प्रबन्ध एकातिर कार्यन्वयन हुन्छ भने अर्को तर्फ बजेट निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रकृयामा पनि अघि बढी नै रहन्छौँ ।’
बजेट र निर्वाचनलाई सरकारले सँगसँगै कार्यन्वयन गर्ने सोही अनुसारको कार्यविधि निर्माणमा सरकार लागि सकेको उनले जानकारी दिए ।
बजेटले जनताको जनजीवनसँग जोडिएका र विकास निर्माण र विशेषगरी स्वास्थ्य क्षेत्रमा महत्वका साथ सम्बोधन गरेको उनको भनाइ छ ।
बजेट कार्यान्वयनका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने भएकाले सरकारले निजी क्षेत्रसँग समन्वय गरी कार्यविधि निर्माण गरी रहेको उनले बताए । बजेटले तय गरेको वित्तीय कार्यक्रमलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् समेटी कार्यन्वयन गर्ने आवश्यक तयारीमा मन्त्रालयको सम्बन्धित विभाग रहेको उनले जानकारी दिए ।
हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...
तीव्र गतिमा रहेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी सिमखोलाको पुलमा ठोक्किएर जीप दुर्घटना भएको ह...
भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । शनिबार राति ८ बजेको मतपरिणामअनुसार उनले अर्का उम्मेदवार एमालेका विजय सुवेदीसँग ६६६६ मतको अग्रता बनाएकी हुन् । ...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा एमालेका उम्मेदवार केशव स्थापितसँग काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने मतान्तर घटाएकी छन् । अहिले यी दुई उम्मेदवार बीचको ...
महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् ...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा काँग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा उक्लिएकी छन् । शनिबार राति १० बजे जानकारी गराइएको आधिकारिक मतपरिणामअनुसार सिर्जना दोस्रो स्थानमा उक्लिएकी ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...