३० असार २०८३, मंगलबार

बजेट कार्यान्वयनमा कुनै पनि तत्वले प्रभाव पार्दैनन् : उपप्रधान एवम् अर्थमन्त्री पौडेल

बजेट कार्यान्वयनमा कुनै पनि तत्वले प्रभाव पार्दैनन् : उपप्रधान एवम् अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा कुनै पनि तत्वले प्रभाव नपर्ने बताएका छन् । उनले चालु आर्थिक वर्षको असार १५ गतेसम्म कार्यविधि निर्माण गरी साउन १ गतेबाट सरकार बजेटको कार्यान्वयनमा लाग्ने जानकारी दिएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन र चुनौती विषयक भर्चुअल अन्तरक्रियामा उनले कार्यविधि निर्माण समयमै गरेर बजेट कार्यान्वयनलाई समयमै पूर्णता दिने प्रतिवद्धता गरेका हुन् ।

आगामी वर्ष प्रतिनिधि सभा र स्थानिय तहको चुनाव गर्नु पर्नेछ सरकारको दायित्व भएपनि यस्तो अवस्थामा बजेट कार्यान्वयनमा कुनै प्रभाव नपर्ने उपप्रधानमन्त्री पौडेलले बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘चुनाव लोकतन्त्रको प्राण हो, सरकार गठनको आदेश जनताले निर्वाचनको माध्यमबाट दिन्छन्, त्यस अर्थमै हामीले निर्वाचनको महत्वलाई ग्रहण गर्नु पर्ने हुन्छ तर निर्वाचन हुँदैछ भनेर बजेट निर्माण तथा कार्यान्वयन नगर्ने भन्ने कुरा हुन सक्दैन । निर्वाचन आउँछ, सम्पन्न हुन्छ, निर्वाचनबाट जनादेशमय सरकार बन्छ त्यो संवैधानिक प्रबन्ध हो, त्यो प्रबन्ध एकातिर कार्यन्वयन हुन्छ भने अर्को तर्फ बजेट निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रकृयामा पनि अघि बढी नै रहन्छौँ ।’

बजेट र निर्वाचनलाई सरकारले सँगसँगै कार्यन्वयन गर्ने सोही अनुसारको कार्यविधि निर्माणमा सरकार लागि सकेको उनले जानकारी दिए ।

बजेटले जनताको जनजीवनसँग जोडिएका र विकास निर्माण र विशेषगरी स्वास्थ्य क्षेत्रमा महत्वका साथ सम्बोधन गरेको उनको भनाइ छ ।

बजेट कार्यान्वयनका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने भएकाले सरकारले निजी क्षेत्रसँग समन्वय गरी कार्यविधि निर्माण गरी रहेको उनले बताए । बजेटले तय गरेको वित्तीय कार्यक्रमलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् समेटी कार्यन्वयन गर्ने आवश्यक तयारीमा मन्त्रालयको सम्बन्धित विभाग रहेको उनले जानकारी दिए ।

 

salt training

कमेन्ट गर्नुहोस्