२२ जेठ २०८३, शुक्रबार

खैरो हेरोइनसहित सशस्त्र प्रहरीले गर्‍यो २ जना पक्राउ

खैरो हेरोइनसहित सशस्त्र प्रहरीले गर्‍यो २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

कञ्चनपुर जिल्लाकोे बेलडाडी गाउँपालिका–३ स्थित सीमा ईलाकाबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीब ४ ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाको बेतकोट नगरपालिका–५ बस्ने २७ वर्षीय सुरेश नेपाली र २८ वर्षीय सन्तोष विष्ट छन् ।

भारतबाट म२प ९७५० नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुँडा र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश राधाकृष्णबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको थियो । 

पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइन तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्