०६ साउन २०८३, बुधबार

प्रदेश २ : जसपा नेतृत्वको सरकारमा काँग्रेसको इन्ट्री, निधिले दिए नवनियुक्त मन्त्रीलाई बधाई

प्रदेश २ : जसपा नेतृत्वको सरकारमा काँग्रेसको इन्ट्री, निधिले दिए नवनियुक्त मन्त्रीलाई बधाई

प्रदेश नम्बर २ सरकारमा कांग्रेसको सहभागिता भएसँगै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बधाई दिएका छन् । 

बुधवार मन्त्री पदमा नियुक्त भएका ३ मन्त्रीहरू  राम सरोज यादव, ओम प्रकाश शर्मा र विरेन्द्र कुमार सिंहलाई उनले बधाई दिएका हुन् । 

यादव भौतिक पूर्वाधार, शर्मा ऊर्जा तथा सिँचाइ र सिंह महिला तथा बालबालिका मन्त्री चयन भएका छन् ।

जसपासँग दुई बुँदे सहमति भएसँगै सरकारमा सहभागी भएका काँग्रेसका ३ मन्त्रीले बुधबार राति प्रदेश प्रमुख राजेश झा (अहिराज) बाट पद तथा गोपनीयताको शपथ लिएका थिए । 

जसपाभित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर काँग्रेससँग सहकार्यको हात बढाएका हुन् ।

केन्द्रदेखि प्रदेशसम्म शुरूदेखि नै प्रतिपक्षमा बसेको काँग्रेस राजनीतिक समीकरण बदलिएसँगै सरकारमा सहभागी भएको हो । यसअघि कर्णाली प्रदेश सरकारमा सहभागी भएको काँग्रेस बुधबारदेखि प्रदेश २ सरकारमा पनि सहभागी भएको हो। 

    salt training

    कमेन्ट गर्नुहोस्