३१ असार २०८३, बुधबार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीवार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

उनले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलवार संसद सचिवालयमा दर्ता गरिएको थियो  ।

मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

दलहरूले सरकार बनाउन नसकेपछि संविधानको धारा १६८(३) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत वैशख २९ गते पृथ्वीसुब्बा गुरुङलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । गुरुङको पार्टी नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल हो ।

ठूलो दलको हैसियतले संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री नियुक्त भए पनि उनले विश्वासको मत पाउने सम्भावना छैन । 

संसदमा प्रतिनिधित्व गर्ने सभामुखसहित ६० सदस्यमध्ये उनले विश्वासले विश्वासको मत पाउन ३१ सदस्य आवश्यक पर्छ । उनको दल नेकपा एमालेका मात्र २७ सदस्य छन् । उनलाई तत्काल स्वतन्त्र १ सहित कूल २८ जनाको समर्थन छ ।

salt training

कमेन्ट गर्नुहोस्