३१ जेठ २०८३, आइतबार
थपिए मन्त्री

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्रीहरू [विज्ञप्तिसहित]

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्रीहरू [विज्ञप्तिसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

आफू मातहत राखिएका मन्त्रालयमा प्रधानमन्त्री ओलीले एमाले, पूर्व माओवादी समूह र राजपालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन् ।

वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कृषिमा ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा राजकिशोर यादव र वन राज्यमन्त्रीमा आशा विक नियुक्त भएका छन् ।

उनीहरू को शपथ ४ बजेका लागि तय भएको बालुवाटार स्रोतले बतायो । 

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्