
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद्लाई पूर्णता दिँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन् ।
निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’पत्नी भएकाले नैनकलाबारे टीकाटिप्पणी भइरहँदा उनको राजनीतिक पृष्ठभूमिबारे चासो बढेको छ ।
स्थायी शिक्षकबाट व्यावसायिक जीवन शुरू गरेकी नैनकला जागिर छाडेर तत्कालीन नेकपा माओवादीको जनयुद्धमा होमिएर अहिले मन्त्री बनेकी छन् ।
माओवादी शान्तिप्रक्रियामा आएपछि नैनकला महिला आयोगको अध्यक्ष बनेकी थिइन् ।
नवनियुक्त मन्त्री थापाको जन्म बागलुङको काठेखोला गाउँपालिकाको भीमपोखरा सिममा भएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महिला आयोगको अध्यक्ष भएकी थापा तत्कालीन समयमा माओवादी पार्टीसम्वद्ध महिला संगठनको महासचिव थिइन् ।
शिक्षकको जागिर छाडेर माओवादी जनयुद्धमा होमिएकी नैनकलाले २०५५ सालदेखि बादलको निजी सचिवालयमा रहेर काम गरेकी छन् । नैनकलाका १ छोरा र १ छोरी छन् ।

नाम – नैनकला थापा
जन्मस्थान – बुटवल
हाल – चितवन
शैक्षिक योग्यता – बीए, बीएड
अनुभव –
पूर्व शिक्षिक – कालिका मावि बुटवल र नारायणी मावि चितवन
संगठन
२०३५–०३६ – विद्यार्थी आन्दोलनमा सहभागी
२०३८ – नेकपा (चौम) पार्टी सदस्य
२०३८ – अनेम संघ जिल्ला सचिव
२०४२ – अनेम संघ केन्द्रीय महासचिव
२०४७ – अनेम संघ केन्द्रीय संयोजक
२०५० – एकीकृत अनेम संघ केन्द्रीय महासचिव
२०६४–२०६८ – राष्ट्रिय महिला आयोग अध्यक्ष
– तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार
– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सम्बन्धी विज्ञ समूहको सदस्य