
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित भएकोमा कृष्णचन्द्र नेपाली (पोख्रेल)लाई शुभकामना दिएका छन् ।
शनिवार राति एक ट्वीट गर्दै उनले प्रदेशका कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेललाई शुभकामना दिएका हुन् ।
उनले कठिन परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्न शुभकामना दिएका हुन् ।
यस्तै संघीयतालाई मजबूत बनाउने कार्यमा तपाईंको महत्वपूर्ण भूमिका रहोस् भन्दै शुभकामना दिएका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएकोमा गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोख्रेल) लाई बधाई तथा शुभकामना।
— Dr Shekhar Koirala (@Shekharnc) June 12, 2021
जस्तै कठिन परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्ने तथा संघियतालाई मजबुत बनाउँने कार्यमा तपाईंको महत्त्वपूर्ण भुमिका रहोस। pic.twitter.com/WgLW6bzJzm