
सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई पठाउने भएको छ ।
वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका रूपमा पठाउने निर्णय गरिएको सर्वोच्च बारका कार्यकारिणी सदस्य विकास भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बार एसोसिएसनबाट २-२ जना गरी कुल ४ जना एमिकस क्युरी झिकाउने आदेश गरेको थियो ।
नेपाल बार एसोसिएसनले भने एमिकस क्युरीमा पठाउने अधिवक्ताहरू चयन गर्न बाँकी छ ।
