२४ जेठ २०८३, आइतबार

कोका–कोला इन्डिया र आईसीसीबी साझेदारी, वर्ल्डकप २०२३ बाटै विशेष पहलको शुरूवात

मंसिर ५, २०८०
काठमाडौं
कोका–कोला इन्डिया र आईसीसीबी साझेदारी, वर्ल्डकप २०२३ बाटै विशेष पहलको शुरूवात

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ ।

कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरूबाट राष्ट्रिय झण्डाहरू बनाएको हो । जसले क्रिकेटको दुनियाँमा एक इको–फ्रेन्डली रन थपेको छ ।

आईसीसी हेड अफ इभेन्ट्स, क्रिस टेटलीले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा इनोभेशन र स्टेबिलिटिलाई विशेष ध्यान दिँदै एकता र गर्वलाई मूर्तरूप दिन राष्ट्रिय झण्डाहरू पेट बोतलहरूबाट बनाइएको बताए । 

कोका–कोला इन्डिया र साउथवेस्ट एशियाका मार्केटिंग भाइस प्रेसिडेन्ट अर्नब रोयले पुनः प्रयोग गरिएका बोतलहरूबाट बनाइएका राष्ट्रिय र आईसीसीको झण्डामार्फत सर्कुलर इकोनोमीका सिद्धान्तहरूलाई अगाडि बढाउनको लागि पहल गरिएको बताए ।

null

यस उत्कृष्ट कदमले क्रिकेट र वातावरण दुवैप्रति कोका–कोलाको प्रतिबद्धता झल्किएको छ ।

कोका–कोलाले आईसीसीसँग मिलेर सबै १० सहभागी राष्ट्रहरूको लागि राष्ट्रिय झण्डा र १० आईसीसी युनिटी फ्ल्यागहरू बनाएको हो । जुन सबै पोस्ट–कन्ज्युमर पीईटी बोतलहरूबाट बनेको थियो । यी झण्डाहरूले प्रि–म्याचको राष्ट्रिय गान समारोहहरूमा विशेष ध्यानाकर्षण गरेको थियो । जसले टूर्नामेन्टको माहोल बनाएको  थियो ।

प्रत्येक राष्ट्रिय झण्डाको लागि लगभग ११,००० पेट  बोतलहरू र प्रत्येक आईसीसी युनिटी फ्ल्यागको लागि थप २,००० पेट बोतलहरू प्रयोग गरिएको थियो ।

१०० भन्दा बढी कामदारहरू संलग्न यस निर्माण प्रक्रियालाई गोरिभाईजले नेतृत्व गरेको थियो । यी वातावरण मैत्री झण्डाहरू उत्पादन गर्न २५ दिन र ३०० घण्टाभन्दा बढी समय लागेको थियो ।

फोहोर व्यवस्थापनको बारेमा चेतना जगाउनका लागि र फ्यानहरूलाई सहभागी गराउन कोका–कोला इन्डियाले प्रतियोगिताभर अनलाइन र अफलाइन पहलहरू पनि शुरू गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्