२३ जेठ २०८३, शनिबार

स्वास्थ्यको पहुँच सुनिश्चित गर्न सरकारलाई आयोगको सिफारिस

असार १, २०७८
स्वास्थ्यको पहुँच सुनिश्चित गर्न सरकारलाई आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संक्रमणको महामारीमा जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिक लगायतको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्न सरकारलाई विभिन्न सिफारिस गरेको  छ । 

आयोगको गत शुक्रवार बसेको बैठकले महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा मंगलवार जारी विज्ञप्तिमा जनाइएको छ । 

आयोगले कोभिड–१९ महामारीको समयमा अपाङ्गता भएका व्यक्तिप्रति लैङ्गिक विभेद बढ्दै गएको, जीविकोपार्जनमा कठिनाइ भएको, रोजगारी गुमेको, मनोसामाजिक समस्या देखिएको, कोभिड प्रतिकार्यका लागि सूचनामा पहुँचको अभाव देखिएको एवं सहायक सामग्री (हेरिङ एड, सेतो छडी, नियमित रूपमा लिनुपर्ने औषधि, सरसफाइ) को अभाव  देखिएकाले तत्काल सोको व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्