
स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको सुदुरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रममा पत्रकारहरुले आफूलाई अत्यन्त जोखिममा राखेर जनतालाई सुसूचित गर्ने गरिरहेकाले जतिसक्दो चाँडो खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जस्तोसुकै विषम परिस्थितिमा पनि काउन्सिल पत्रकारको साथमै रहने प्रतिबद्धता व्यक्त गरे । उनले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गर्ने जानकारी दिए ।