२५ जेठ २०८३, सोमबार

सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पस्यो

सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पस्यो
फाइल तस्बिर

सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पसेको छ । अविरल वर्षापछि स्थानीय लार्के खोलामा बाढी आउँदा सो बजारमा बाढी पसेको हो ।
 
थाङपाल गाउँपलिका अन्तर्गत पर्ने सो बजारमा मंगलबार राति बाढी पसेको हो । बाढीपछि केही स्थानीय सम्पर्क हीन बनेको भनिएपनि एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले घटनास्थलमा उद्धार टोली जान लागेको तर वर्षा र बाढीका कारण कठिन भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्