०२ असार २०८३, मंगलबार

होटलमा फसेका २ जनालाई सेनाले यसरी गर्‍यो उद्धार

होटलमा फसेका २ जनालाई सेनाले यसरी गर्‍यो उद्धार

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची बजारको १ होटलमा फसेका २ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ ।

मेलम्ची बजारमा रहेको रोज होटलको छतमा गुहार मागिरहेका उनीहरूलाई बुधवार बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो । 

मंगलवार रातिदेखि आएको बाढीले होटलको भूइँतला डुबाएपछि उनीहरू होटलको छतमा बसेका थिए ।

मेलम्ची बजार आसपासमा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली बिहानैदेखि खटिएको छ ।

बाढीका कारण केही मानिस बेपत्ता भए पनि संख्या यकिन भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्