०३ असार २०८३, बुधबार

ईन्द्रावतीको बाढीले बगायो चन्द्रशम्शेरले १९८४ सालमा बनाएको पुल

ईन्द्रावतीको बाढीले बगायो चन्द्रशम्शेरले १९८४ सालमा बनाएको पुल

नेपाल–तिब्बत आवतजावतका लागि राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बनाएको झोलुङ्गे पुल ईन्द्रावती नदीमा मंगलवार आएको बाढीले बगाएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भएका नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले सो पुल बनेपछि मेलम्चीमा बजारको शुरूवात भएको जानकारी दिए ।

‘नेपाल–तिब्बत आवतजावत गर्न सहज पार्न चन्द्रशम्सेरले विक्रम संवत् १९८४–८५ सालमा स्कटल्यान्डका प्रविधिकहरूबाट ईन्द्रावतीमा बनाएको ऐतिहासिक झोलुङ्गे पुल पूरै बगाएर मेलम्ची बजारको अस्तित्वमा नै बाढीले आक्रमण गरेको छ । यही पुल बनेपछि सो बजारको शुरूवात भएको थियो,’ दाहालले ट्विटरमा लेखेका छन् । 

मंगलवार रातिदेखि आएको बाढीका कारण मेलम्ची बजारका कैयौं पक्की घरमा क्षति पुगेको छ । बजारका अधिकाशं घरका पहिलो तलामा बाढीसँगै आएको माटो पसेको छ । 

मेलम्ची बजार आसपासमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाको टोली बिहानैदेखि खटिएको छ । बाढीका कारण केही मानिस बेपत्ता भए पनि संख्या यकिन भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्