२५ असार २०८३, बिहीबार

बराङ्दी र कालीगण्डकी उर्लिंदा रानीमहल जोखिममा

असार २, २०७८
बराङ्दी र कालीगण्डकी उर्लिंदा रानीमहल जोखिममा
तस्वीर सौजन्य : सुुनिल कार्की, पाल्पा

वर्षा सँगै कालीगण्डकी नदीमा आएको बाढीले पाल्पाको रानीमहल जोखिममा परेको छ ।

रानीमहल कालीगण्डकीको तटमा रहेको छ । कालीगण्डकी र बराङ्दी खोला उर्लिंदा पर्यटकीय स्थल रानीमहल त्यस आसपासमा आधार दर्जन होटल र रिर्सोट डुबेका छन् । 

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता रामेश्वर त्वापीले रानी महललाई तीनतिरबाट पानीले घेरेको बताए ।

‘रानीमहल जाने बाटो पनि ठाउँठाउँमा पहिरो झर्दा सम्पर्क विच्छेद भएको छ’ त्वापीले लोकान्तरसँग भने, ‘पानीको सतह बढ्दो छ । रानीमहल आसपासका साना साना होटल र टहराहरू पनि डुबानमा परेको सूचना आएको छ ।’

बाढीले पाल्पाका विभिन्न ठाउँमा पहिरो गएको छ । बुटवल पाल्पा सडक खण्डमा पाँच ठाउँमा पहिरो झरेको छ ।

रानीमहल पछिल्लो समयमा लुम्बिनी प्रदेशको पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्