२३ जेठ २०८३, शनिबार

पहिरोले सडक अवरुद्ध, यात्रु मर्कामा

कात्तिक २०, २०७४
पहिरोले सडक अवरुद्ध, यात्रु मर्कामा

ताप्लेजुङ, २२ जेठ– मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ ।

गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारीसाधनबीच बाटोमानै रोकिएका छन् । माथिबाट भरेको पहिरोले सडक पुरेको छ ।

यस्तै धुसेनी भिरबाट समेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर मेसिन पठाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

यस्तै पहिरो पन्छाउन पाँचथरबाट समेत स्काभेटर मेसिन झिकाइएको छ भने पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । सडक अवरुद्ध भएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने छ वटा बस र दर्जनौँ ट्याक्सी रोकिएर रहेका छन् भने यात्रु अलपत्र परेका छन् । बर्सेनि वर्षात्को समयमा सोही ठाउँमा पहिरो झरेर सडक अवरुद्ध हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्