बचतमा बाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज दिएको एनएमबि बैंकको दावी, अनलाईनबाटै खाता खोल्न सकिने

हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे दावी गरेको छ ।

बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज हो । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।


Advertisement

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्