३१ असार २०८३, बुधबार

बाढी प्रभावितहरूलाई सहयोग गर्न अपिल गर्दै मेलम्ची नगरपालिकाले जारी गर्यो सार्वजनिक सूचना

बाढी प्रभावितहरूलाई सहयोग गर्न अपिल गर्दै मेलम्ची नगरपालिकाले जारी गर्यो सार्वजनिक सूचना

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नो नगरभित्रका बस्तीमा बाढीबाट ठूलो क्षति भएको भन्दै सहयोगका लागि अपिल गरेको  छ । 

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सहयोगका लागि अपिल गरेको हो । 

जसका लागि नगरपालिकाले ५० लाख जम्मा गरी ‘मेलम्ची बाढी पीडित राहत तथा पुनःस्थापना कोष’ खडा गरेको छ । 

सूचनामा भनिएको छ,‘यस संकटको घडीमा यस नगरपालिकालाई सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था, सरकारी एवम् गैर सरकारी निकाय, स्थानीय तहहरूले नेपाल बैंक लिमिटेड, मेलम्ची शाखामा रहेको कोषको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा रकम जम्मा गरी सहायता उपलब्ध गराउन यस नगरपालिका हार्दिक अपिल गर्दछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्