फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
असार ४, २०७८
शुक्रवार दिउँसो सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित मेलम्ची बजार पुग्दा ३८ वर्षीय सोनाम लामा पत्नी र छोरालाई साथमा लिएर सामानहरूको पोकापन्तुरा बनाउँदै थिए ।
आँगनमै गाडी रोकिएको थियो । फर्निचरहरू छरपस्ट थिए । केही सामान गाडीमा लोड भइसकेको थियो ।
मेलम्ची बजार त्यही ठाउँ हो, जहाँ मंगलवार र बुधवार आएको भीषण बाढीले निकै ठूलो क्षति पुर्याएको थियो ।
मेलम्चीको पुरानो बजारमा एक तल्लासम्मका घरहरू पुरिएका थिए भने दोस्रो तल्लासम्म पनि बाढी पसेको थियो ।
त्रासको त्यो क्षण बितेको केही घण्टा मात्र भएको छ । अब सोनाम बजार छाडेर गाउँ फर्किने तयारीमा छन् ।
***
सोनामको घर सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका वडा नम्बर २ नुर्बुली हो ।
उनी ५ वर्षअघि परिवारसहित बजार झरेका थिए ।
८/९ लाख रुपैयाँ लगानी गरेर बजारमा सानो होटल सञ्चालन गरे ।
दुई छोरी, एक छोरा र श्रीमतीसहितको परिवार त्यही होटलबाट भएको कमाइले पाल्दै आएका थिए ।
महिनामा ४० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो । दैनिकी राम्रैसँग चलिरहेको थियो ।
तर मंगलवार नसोचेको विपद् आइलाग्यो ।
मेलम्ची खोला हुँदै इन्द्रावतीमा आएको भीषण बाढीले उनका धेरै सपनाहरू बगाएर लग्यो ।
होटलमा रहेका सामानहरू बगे । खाद्यान्न केही बाँकी रहेन । होटलका डेकोरेसनहरू सबै भत्किए ।
करीब ३५ लाखको क्षति भएको उनको गुनासो छ ।
तर, सौभाग्य नै भन्नुपर्छ परिवारका सबै सदस्यले ज्यान जोगाउन सफल भए ।
***
बाढी त आयो, गयो । तर त्यसले उनको दैनिकी पूरै बदलिँदै छ ।
अझै २/३ महिना खतरा छ, नबस्नू भनेपछि उनी परिवारसहित गाउँ फर्किने निष्कर्षमा पुगे ।
गाउँ गएपछि के गरी खाने भन्ने निधो छैन । तर बाँझिएका जमिन कोर्ने योजना बनाएका छन् ।
'ज्यान बाँचे त केही न केही गरी खाउँला, पहिला ज्यान बचाउनुपर्यो,' सोनामले लोकान्तरसँग भने, 'गाउँमा जग्गा जमिन बाँझिएका छन् । अब बाँझो फुटाएर खेती गर्नुपर्ला ।'
अब फेरि बजार झरिएला/नझरिएला निधो छैन ।
त्यसैले उनले फर्निचरका सामानहरू पनि सबै गाउँ लैजाँदै छन् ।
दु:खका बेला आफ्नै जन्मभूमि काम लाग्ने रहेछ ।
साँझसम्ममा पुर्ख्यौली घरमा छिरेर थोरै भएपनि चैनको श्वास लिने उनको धोको छ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...