२१ जेठ २०८३, बिहीबार

खोलाले बगाएका अधिकारी मृतावस्थामा फेला

खोलाले बगाएका अधिकारी मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्थामा फेला परेका छन् ।

अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले  जानकारी दिए ।

बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्