३० जेठ २०८३, शनिबार

कांग्रेसको अधिवेशन साउन १२ गतेदेखि गर्ने केन्द्रीय कार्यसमितिको निर्णय

कांग्रेसको अधिवेशन साउन १२ गतेदेखि गर्ने केन्द्रीय कार्यसमितिको निर्णय
फाइल फोटो

नेपाली कांग्रेसले पार्टीको महाधिवेशन अन्तर्गत वडा अधिवेशन आगामी साउन १२ गते गर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सम्बन्धी प्रस्ताव पारित गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

पारित प्रस्तावअनुसार साउन १२ गते वडा अधिवेशन, साउन १६ गते गाउँ, नगरपालिका अधिवेशन, साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने निर्णय भएको छ ।

साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र भएको जिल्ला अधिवेशन, साउन २६ गते एक भन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन र भदौ १ र २ गते प्रदेश अधिवेशन गरिने महतले बताए ।

कांग्रेसले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्