×

NMB BANK
NIC ASIA

गूडविल बचत तथा ऋण सहकारी संस्थाको आडमा ७९ करोड ८९ लाख ठगी गरेको आरोपमा बहालवाला सञ्चालक समिति सदस्यबाहेक ३ जना पूर्व सञ्चालक तथा मिटर ब्याजीलाई जिल्ला अदालत ललितपुरले धरौटीमा रिहा गरेको छ ।

Muktinath Bank

महानगरीय प्रहरी परिसर ललितपुरमा १०० जनाभन्दा बढीले ठगीको उजुरी दिएपछि अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले २०७७ चैत २२ गते पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई अध्यक्ष श्रेष्ठले मिटर ब्याजीका कारण सहकारी डुबेको बताएका थिए । यसरी मिटर ब्याजीको भूमिकामा रहेका पूर्व सञ्चालक ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको थियो ।


Advertisment
Nabil box
Kumari

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्रचार्यका अनुसार सञ्चालक समिति सदस्यसहित पूर्व सञ्चालक ३ जनाका कारण सहकारी डुबेको देखिन्छ । अनुसन्धानमा तानिएका तीनै जनालाई अदालतमा बुझाउँदा धरौटीमा रिहा गरिएको जनाइएको छ ।

Vianet communication

अदालतले रविन महर्जनलाई २० लाख, राजु महर्जनलाई १५ लाख र शैलेश खड्कीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको परिसर ललितपुरले जनाएको छ । अनुन्धानमा खटिएका अधिकृतका अनुसार संस्था डुबाउन मुख्य भूमिकामा दिवाकरसहित यी ३ जना देखिएका छन् ।

‘यी ३ जनाले बचतकर्ताबाट उठाएको पैसा मिटर ब्याजमा लगाउने, सस्तो जग्गालाई महंगोमा किन्ने खालका काम गरेको देखिन्छ,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘बचत गरेको पैसा बैंकमा जम्मा समेत नगरेको देखिन्छ ।’ दैनिक जम्मा भएको पैसा साँझ दिवाकरले गाडीमा हालेर लैजाने गरेको त्यहाँ काम गर्ने एक जना कर्मचारी बताएको प्रहरीले जनाएको छ । सहकारीबाट ४० हजार नगद, केही थान कम्प्युटर, डे बूक लगायतका सामान मात्र बरामद गरिएको थियो ।

बचत तथा ऋण सहरकारीका अध्यक्ष रहेका ललितपुरको भैसेपाटीका दिवाकर श्रेष्ठसहित ४ जनालाई जिल्ला अदालत ललितपुरले यसअघि नै पुर्पक्षका लागि थुनामा पठाएको छ । अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र कोइराला, कोषाध्यक्ष सपना खड्का र सचिव विशाल केसीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालतले जेठ २३ गते सञ्चालक सस्दयहरू किसन गणेश श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, गोविन्द महर्जन र दिव्य खड्कालाई जनही ५/५ लाख रुपैयाँका दरले धरौटीमा छाडेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्जवल महर्जनले बताए ।

पुर्पक्षका लागि थुनामा रहेका सहकारीका अध्यक्ष श्रेष्ठको नाममा भक्तपुर, ललितपुरको भैसेपाटी, चितवन, पोखरा, मकवानपुर, झापा लगायतका विभिन्न जिल्लामा जग्गा रहेको देखिएको परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्जवल महर्जनले बताए ।

श्रेष्ठबाट २ करोडभन्दा बढी मूल्य पर्नेसहित ३ वटा कार प्रहरीले बरामद गरेको थियो । श्रेष्ठको नाममा रहेका १२ वटा मोटरसाइकल र स्कुटी समेत बरामद गरिएको थियो । श्रेष्ठको नाममा भएको चल–अचल सबै सम्पत्ति रोक्का गरिएको छ । 

प्रहरीका अनुसार उनकी पत्नी जेनी महर्जन श्रेष्ठको नाममा दिवाकरको भन्दा पनि धेरै सम्पत्ति देखिएको छ । जेनी, लेखापाल र महाप्रबन्धक फरार छन् ।

अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर ललितपुरको टोली १२ दिनदेखि निरन्तर खोजीमा खटिएको थियो । ‘उनीविरुद्ध उजुरी परेपछि हामीले खटाएको एउटा टोली १२ दिन निरन्तर खटिएको थियो,’ महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले लोकान्तरसँग भनिन्, ‘टोलीले दिनरात नसुती खोजी गरेको थियो ।’

अध्यक्ष दिवाकरले एकपटक चितवनमा पुगेर मोबाइल ‘अन’ गर्ने र त्यसलगत्तै त्यहाँबाट पोखरा पुगेर ‘अन’ गर्ने गर्दै भाग्दै आएकाले पक्राउ गर्न असहज भएको एसएसपी बज्राचार्यले बताइन् । 

‘उनले एउटा सिटीमा गएर फोन अन गर्ने र कुरा गर्ने, त्यसलगत्तै अफ गरेर अर्काे ठाउँ गइहाल्ने, त्यहाँ अन गरेर कुरा गरेर फेरि अर्काे ठाउँ गइहाल्ने गर्दा पक्राउ गर्न केही समय लगेको हो,’ एसएसपी बज्राचार्यले भनिन् । श्रेष्ठलाई लुकेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका–१० बाट २०७७ चैत २२ गते पक्राउ गरेर ललितपुर ल्याइएको थियो ।

श्रेष्ठविरुद्ध गूडविल बचत तथा ऋण सहकारी संस्थाबाट २ अर्बभन्दा धेरै ठगी गरेको आरोप छ । महानगरीय प्रहरी परिसरमा हालसम्म ६० जनाभन्दा धेरैले जाहेरी दिएका छन् । पीडितको ७९ करोड ८९ लाख ६४ हजार रुपैयाँ ठगेको खुल्न आएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x