०२ असार २०८३, मंगलबार

प्रहरीमाथि दुर्व्यवहार आरोपमा ज्वाला संग्रौला पक्राउ

प्रहरीमाथि दुर्व्यवहार आरोपमा ज्वाला संग्रौला पक्राउ

प्रहरीमाथि दुर्व्यवहार गरेको घटना चर्चामा आएपछि प्रहरीले ज्वाला संग्रौलालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

प्रहरीमाथि दुर्व्यवहार गरेको घटना बाहिर आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंहले बताए ।

केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई जातका आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्