०८ असार २०८३, सोमबार

पहिराको उच्च जोखिमसँगै सात घर विस्थापित

पहिराको उच्च जोखिमसँगै सात घर विस्थापित

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिराेको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् ।

कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् । गाउँमाथि रहेको माटो र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगेपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे । 

 गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना ढुङ्गा खस्न शुरु भएको छ ।

बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । लगातारको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमीन भासिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्