१२ असार २०८३, शुक्रबार

कोरोनाका २ हजार २ सय ९७ संक्रमित फेला, ४६ जनाको मृत्यु

कोरोनाका २ हजार २ सय ९७ संक्रमित फेला, ४६ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का २ हजार २ सय ९७ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार पीसीआरतर्फको परीक्षणमा १ हजार ५ सय ८४ र एन्टीजेनतर्फ ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

कुल १० हजार ९ सय ४ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा ४६ जनाको मृत्यु भएको छ ।


 

कमेन्ट गर्नुहोस्