२० असार २०८३, शनिबार

'अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्वपुर्ण'

'अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्वपुर्ण'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरूको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले संसारभरी नै एमएसएमईज र एसएमइज संख्यात्मक हिसाबले झण्डै ९९ प्रतिशत रहेको देखिने गरेको भन्दै अर्थतन्त्रमा त्यसको योगदान अर्थपूर्ण हुने बताए ।

नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा यही अवस्थालाई ध्यानमा राखेर प्राथमिकता दिंदै आएको उनले बताए ।

'गत सालको मौद्रिक नीतिमार्फत हामीले वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं । त्यो प्रयास हाम्रो रह्यो नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धी हासिल भएको छ' गभर्नर अधिकारीले भने ।

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत वा एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको उनको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्