०१ असार २०८३, सोमबार

ललितपुरमा भोलिदेखि नियमित सेवा प्रवाह दिन अनुरोध

ललितपुरमा भोलिदेखि नियमित सेवा प्रवाह दिन अनुरोध

जिल्ला प्रशासन कार्यालय ललितपुरले सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सहायक प्रजिअ ललितकुमार बस्नेतले आज  विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र  हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराएका हुन् । तीन गाउँपालिकावासीले बुधबार  तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार  सेवा लिन पाउने पत्रमा उल्लेख छ ।

यसैगरी प्रशासन कार्यालयले सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्रै गरिदिने पत्रमार्फत बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्