काठमाडौं २३ जेठ– प्रधानमन्त्री चयनका लागि व्यबस्थापिका संसदको बैठक शुरु भएको छ ।
बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले सम्वोधन गरिरेहेका छन् । संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सम्वोधन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ ।
प्रधानमन्त्री निर्वाचन अन्तर्गत मतदानका लागि अहिले सुरु भएको बैठक स्थगित भएर दोस्रो बैठक बस्ने छ ।