३० असार २०८३, मंगलबार

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै, ब्याजदर बढाउन थालियो

असार १४, २०७८
बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै, ब्याजदर बढाउन थालियो

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरु आक्रामक भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) घट्दै गएको छ । कर्जा प्रवाह उच्च भएपछि वाणिज्य बैंकहरुको ऋण पुँजी र निक्षेप (सीसीडी) अनुपात ८० प्रतिशतको नजिक पुगेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी अनुपात ८५ प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको छ । तर, कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न दिइएको नीतिगत सहुलियत लामो समयसम्म निरन्तरता दिन नसक्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

राष्ट्र बैंकका अनुसार बिहीबारसम्ममा बैंकहरुको औसत सीसीडी अनुपात ७८.५५ प्रतिशत पुगेको छ । यसको अर्थ तरलता अभाव बढ्दै छ । जसका कारण बैंकहरुले छोटो अवधिका लागि लिने अन्तर बैंक सापटीको व्याजदर पनि ५ प्रतिशत नजिक पुगेको छ । एक वर्षअघि अन्तरबैंक दर एक प्रतिशत भन्दा कममा झरिसकेको थियो ।

तरलताको अभाव हुन थालेपछि बैंकहरुले व्याजदर वृद्धि गरेर निक्षेप आकर्षित गर्न समेत थालेका छन् । पछिल्लो समय सिभिल, सेन्चुरीलगायतका बैंकले मुद्दति निक्षेपको व्याजदर वृद्धि गरेका छन् ।
कोरोना महामारीमा कर्जा विस्तार गर्नु जोखिम हुन्छ भनिए पनि बैंकहरुले जोखिम लिएरै कर्जा प्रवाह गरेको र यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्