०९ असार २०८३, मंगलबार

आजको मौसम–देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा

आजको मौसम–देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा

हालदेशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण हाल  देशभर सामान्य देखि पूर्ण बदली रहि गण्डकी प्रदेश तथा प्रदेश नं १ को थोरै स्थानहरुमा वर्षा भईरहेको छ ।

यस्तै सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ । यस्तै देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  ।

यस्तै राति पनि देशभर सामान्य देखि पूर्ण बदली  रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्