
मोरङ बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।