०३ असार २०८३, बुधबार

कञ्चनपुरमा भोलिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने

कञ्चनपुरमा भोलिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने

कञ्चनपुरमा भोलि मंगलवारदेखि जिल्लाभर सबै प्रकारका सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले सोमवार जारी गरेको आदेशमा सवारीसाधन सञ्चालन हुने उल्लेख छ ।

स्वास्थ्य सेवा र पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने र यसबाहेक पसल बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्