
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का २ हजार ४ सय ४४ संक्रमित थपिएका छन् ।
एन्टीजेन र पीसीआर गरी ११ हजार ६ सय ४० नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ ।
यसबीचमा ३ हजार ८ सय ५३ जना संक्रमण मुक्त भएका छन् ।
हाल पहिचान भएका सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० रहेको मन्त्रालयले जनाएको छ ।