०३ असार २०८३, बुधबार

क्रिकेटर लामिछानेद्वारा प्रभावितलाई सहयोग

असार १४, २०७८
क्रिकेटर लामिछानेद्वारा प्रभावितलाई सहयोग

नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरो पीडितलाई सहयोग गरेका छन् ।

उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन् ।

सोमवार चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत ४ लाख बराबरका सामान छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार सामग्री प्राप्त भएको जानकारी दिए ।

लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्