२३ जेठ २०८३, शनिबार

अङ्ग्रेजी नयाँ वर्षका लागि प्रहरीले ल्यायो विशेष सुरक्षा योजना

कात्तिक २०, २०७४
अङ्ग्रेजी नयाँ वर्षका लागि प्रहरीले ल्यायो विशेष सुरक्षा योजना
काठमाडौँ, १३ पुस - नेपाल प्रहरीले सन् २०१७ को अङ्ग्रेजी नयाँ वर्षको अवसरमा उपत्यकामा विशेष सुरक्षा योजना ल्याएको छ ।nepal police

महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नयाँ वर्षमा लुटपाट, चोरी तथा दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ विशेष सुरक्षा योजना ल्याएको बताए ।

महाशाखाले गत वर्षको नयाँ वर्षको पूर्वसन्ध्यामा माधक पदार्थ सेवन गरी सवारी चलाउने २२७ जनालाई कारबाही गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवम् प्रवक्ता प्रद्युम्न कार्कीले महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरी ठमेल र दरबारमार्गमा सादा तथा प्रहरी पोसाकमा प्रहरी खटाउन लागेको जानकारी दिए । उनले राति २ बजेसम्म होटल खोल्न पाउने व्यवस्था गरेको र त्यसभन्दा पछि पनि होटल खोले कारबाही गरिने बताए ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक अशोक सिंहले नयाँ वर्षमा लुटपाट तथा दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ साँझ ६ बजेदेखि ११ र राति ११ देखि बिहान ५ बजेसम्म गरी दुई चरणको सुरक्षा व्यवस्था मिलाइएको बताए ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले नगरकोट र काभ्रेपलाञ्चोक आसपासको क्षेत्रमा विशेष सुरक्षा जाँचको व्यवस्था मिलाइएको जानकारी दिए ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीले उपत्यकाको ११५ स्थानमा संयुक्त सुरक्षा चेकप्वाइन्ट राख्न लागेको छ । यस्तै १५ स्थानमा विशेष सुरक्षा अनुगमन मिलाएको छ ।

यस्तै सवारी साधनलाई व्यवस्थित गर्नका लागि काठमाडौँको लैनचौर फुटबल मैदान, नेपाल स्काउट, महेन्द्रशालिक दक्षिण गेट, दक्षिण गेटदेखि जय नेपाल हलसम्म र दरबार सङ्ग्रहालय उत्तरी गेटमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्