२८ जेठ २०८३, बिहीबार

डिजिटल अर्थतन्त्र निर्माणको युग शुरू भएको छ : उपप्रधानमन्त्री पौडेल

असार १५, २०७८
डिजिटल अर्थतन्त्र निर्माणको युग शुरू भएको छ : उपप्रधानमन्त्री पौडेल
फाइल फोटो

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरू भएको बताएका छन् ।

मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए ।

‘कोभिडपछि डिजिटल अर्थतन्त्रको महत्त्व थप बढेको छ, डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलाप थप सहज बनाउने छ,’ उनले भने ।

उपप्रधानमन्त्री पौडेलले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता भएको बताए । उनले मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’को लोगो अनावरण गरेका थिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग पुगेको बताए । कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्त्व बढेको भन्दै उनले अहिले पुँजी बजारको क्षेत्रका अधिकांश कुराहरू डिजिटलाइजेसन भएको उल्लेख गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाइजेसनलाई महत्त्व दिएको बताए । उनले समय बदलिएको उल्लेख गर्दै आर्थिक क्षेत्रमा डिजिटलाइजेसनको महत्त्व बढेको बताए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै त्यसको विस्तारका लागि डिजिटलाइजेसन महत्त्वपूर्ण हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्