काठमाडौं २३ जेठ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारले देशलाई निकाश दिने विश्वास व्यक्त गरेका छन् ।
मंगलवार प्रधानमन्त्रीमा देउवाको उम्मेदवारीको व्यबस्थापिका संसदमा समर्थन गर्दै पौडेलले देउवाको नेतृत्वमा सबै दल सहभागी भएर चुनाव हुने विश्वास व्यक्त गरेका हुन् ।
‘सुशील कोइरालाको नेतृत्वमा देशले नयाँ संविधान पायो, कांग्रेसकै नेतृत्वमा अब देशमा चुनाव सफल गर्नुपर्छ’ पौडेलले भने । देशले निकाश र जनताले विकास खोजेकोले कांग्रेसले जनताको भावना पूरा गर्नुपर्ने पौडेलले बताए ।