
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का २ हजार ८ सय ९२ संक्रमित थपिएका छन् ।
पीसीआर र एन्टीजेन विधिबाट गरिएको कुल ११ हजार ५ सय ६८ परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९ हजार १ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ९७ जना निको भएर डिस्चार्ज भएका छन् ।
हाल मुलुकभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ हजार ५ सय ६१ रहेको मन्त्रालयले जनाएको छ ।