२५ असार २०८३, बिहीबार

प्रधानमन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग परामर्श, राष्ट्रिय सभामा सम्बोधन गर्ने राष्ट्रपतिको इच्छा

प्रधानमन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग परामर्श, राष्ट्रिय सभामा सम्बोधन गर्ने राष्ट्रपतिको इच्छा

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली बिहीवार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा छलफल भएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता नियमित भएको बालुवाटार स्रोतले बतायो । 

यसैबीच राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने इच्छा व्यक्त गरेकी छिन् । बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सभालाई सम्बोधन गर्न चाहेको जानकारी गराएका थिए ।

राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने व्यवस्था छ । तर प्रतिनिधि सभा विघटन भएकाले यसपटक सरकारका नीति तथा कार्यक्रम संसद्मा पेश भएन ।

बिहीवार शुरू हुन लागेको राष्ट्रिय सभाको अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्ने संकेत अध्यक्ष तिमिल्सिनाले गराएका हुन् । 

‘अध्यक्षज्यूले कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रपतिको सम्बोधनको संकेत गर्नुभएको छ, तर औपचारिक निर्णय भएको छैन,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

salt training

कमेन्ट गर्नुहोस्